कञ्चनजंघा हिमाल आरोहणका क्रममा २ भारतीयको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 12:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनजंघा आरोहणमा गएका २ भारतीय पर्यटकको मृत्यु भएको छ । ८ हजार ५ सय ८६ मिटर उचाईको कञ्चनजंघा हिमाल आरोहणका क्रममा उनीहरुको मृत्यु भएको हो । 

पर्यटन विभागले बुधबार राति भारतीय नागरिकको मृत्यु भएको जनाएको छ । सगरमाथा आधारशिविरमा रहेकी विभागकी निर्देशक मिरा आचार्यका अनुसार कञ्चनजंघा आरोहण सकेर फर्किने क्रममा ४८ वर्षीय विप्लव वैद्य र आरोहणको क्रममा ८ हजार मिटरभन्दा माथि पुगेको अवस्थामा ४६ वर्षीय कुन्ताल करारको मृत्यु भएको हो ।

कञ्चनजंघा आरोहणकै क्रममा दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् । चुचुरोमा पुगेपछि उनी सम्पर्कविहीन छन् । 

यस वर्ष कञ्चनजंघा आरोहणका लागि १ नेपालीसहित ५ विदेशी टोलीका ३४ आरोहीहरुले अनुमति लिएका छन् । अहिलेसम्म कञ्चनजंघा हिमाल ४३ जनाले आरोहण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved