सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन गरेका छ । ३ वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याउने भएको छ । मनमोहन कार्डिओ, सुशील कोइराला र जीपी कोइराला अस्पतालका लागि पनि बजेट विनियोजन गरेकबो छ । निमार्णधिन अस्पता भवहरुको लागि ५ अर्ब ५७ करोड विनियोजन गरेको छ ।
त्यस्तै सबै स्थानीय तहमा एक चिकित्सक उपलब्ध गराउने भएको छ । विपन्न नागरिकका गम्भीर रोगको उपचारका लागि २ अर्ब २० करोडबजेट बिनियोजन गरेको छ । स्वास्थ्य विमा योजनालाई प्रभावकारी बनाउन ६ अर्ब विनियोजन गरेको छ । ५२ हजार महिला स्वयंसेविकालाई यातायात खर्चवापत वार्षिक यातायात खर्च ३ हजार दिने भएको छ भने सबै नेपालीलाई स्वास्थ्य वबीमामा ल्याउने गरी कार्यक्रम तयार गर्ने भएको छ ।