हेर्नुहाेस्, आर्थिक वर्ष २०७६/०७७ को बजेटको पूर्ण पाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 05:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ। बुधबार संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

यस मध्ये सरकारले चालू खर्च तर्फ ९ खर्ब ५७ अर्ब छुट्याएको छ भने पुँजीगत खर्च तर्फ ४ खर्ब ८ अर्ब छुट्याएको छ। त्यस्तै वित्तीय व्यवस्था तर्फ १ खर्ब ६७ अर्ब छुट्याएको छ।

आगामी आर्थिक बर्षको लागि छुट्याइएको १५ खर्ब ३२ अर्ब ९७ करोडको लागि राजश्वबाट ९ खर्ब ८१ अर्ब उठाउने सरकारको लक्ष्य छ। त्यस्तै राजश्व बाहेक अपुग खर्च बैदेशिक ऋण तथा सहायता र आन्तरिक ऋण मार्फत उठाउने भएको छ। ४ खर्ब ३३ अर्ब मध्ये २ खर्ब ५८ अर्ब बैदेशिक ऋण र अपुग १ खर्ब ९५ अर्ब ऋण सहायता र आन्तरिक ऋणबाट उठाउने भएको छ।सरकारले गत बर्ष १३ खर्ब १५ अर्ब २६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको थियो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved