प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ । सरकारले बजेटमार्फत प्रतिसांसद ६ करोड रुपैयाँ दिने घोषणा गरेपछि काङ्ग्रेसले विरोध गरेको हो ।
सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसले निर्माण गरेको छाँया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालल अहिले सांसदले अधिकार प्रयोग गरेर योजना छान्न जरुरी नभएको बताए ।