फाइल फोटो
बिहिबार बेलुका कैलाली र कंचनपुरमा आएको भिषण हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । हावाहुरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको हो ।
हावाहुरीका कारण घाइते भएका मध्ये १२ जनाको अवस्था गम्भिर छ । घाइतेहरुको सेती अञ्चल अस्पताल, धनगढीको निसर्ग र महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
हावाहुरीले बिजुलीका पोल ढलेको छ भने कैयौ घरका छानो उडाएको छ । त्यस्तै रुखहरु ढल्दा गाडीहरुमा क्षति पुगेको र केहि गाडीहरु नै उडाएको छ। अहिले उद्दार कार्य जारि रहेको र क्षतिको थप विवरण आउँन बाँकि रहेको कैलालीका एसपी सुदीप गिरीले जानकारी दिएका छन्।