उद्योग बाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति एव उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउँन विदेशका लगानीकर्तालाई आग्रह गरेका छन। स्विट्जरल्यान्डमा यहि जेठ २७ देखि संचालन भईरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनसंगै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय फोरममा बिदेशी लगानीकर्तालाई पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गरेका छन।
नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन। सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ । सम्मेलन असार ६ गतेसम्म चल्ने छ।