'पत्रकारले न्युनतम तलब पाउनुपर्छ भन्दा दण्डित हुनुपरे बिधेयक फिर्ता लिन तयार छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 04:58:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कुनै पनि कानुनले मिडिया कानुनलाई प्रभावित पार्न नहुने पक्षमा आफु रहेको बताएका छन। बिहिबार मन्त्रालयमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न योजना गरिएको कार्यक्रममा मन्त्री बास्कोटाले यस्तो बताएका हुन। 

व्यक्तिगत हिसाबले आफू मिडिया काउन्सिल निर्माणको पक्षमा नभइ स्वनियमनको पक्षमा रहेको बताउदै उनले भने, 'पत्रकारले न्युनतम पारिश्रमिक पाउनुपर्छ भनेबापत दण्डित हुनुपर्छ भने बिधेयक नै फिर्ता लिईदिन्छु।'

तर मन्त्री बास्कोटाले पत्रकारले कुनै पनि हालतमा न्युनतम न्युनतम पारिश्रमिक पाउनुपर्ने बताएका छन। 'पत्रकारहरूले न्युनतम पारिश्रमिक पाउनुपर्छ, एक, दुई, तीन पाउनुपर्छ' उनले भने।    

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकार प्रतिवद्धता रहँदारहँदै प्रश्न उठिरहनु पूर्वाग्रह भएको आरोप समेत लगाएका। उनले आफुहरु  लोकतन्त्रको उपभोक्ता नभई त्यसको संस्थापक रहेको दाबि गरे। मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकलाई थप समृद्ध बनाउने प्रतिवद्धता गरेका छन। मिडिया काउन्सिलमा व्यापक प्रश्न उठेपछि आजनै मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरूलाई बोलाएर छलफल गरिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved