सरकारले सबै खाले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । यातायाता व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत भाडा बढाइएको जानकारी दिए ।
विभागले सवारी साधनमा प्रयोग हुने मेकानिकल पार्टस्को मूल्य बढेको, सवारी साधनकै मूल्य बढिरहेको, मजदुरको ज्यालादर सरकारले तोकेअनुसार बढाउनु पर्ने, इन्धनमा भएको मूल्य वृद्धि लगायतका आधारका भाडादर कायम गरिएको बताएको छ । भाडादर समायोजनका विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो ।
बिहिबार यायायात व्यवसायी, उपभोक्ता र सुरक्षा निकायलगायतसँग छलफल गरी विभागले भाडादर समायोजन गरेको हो । नयाँ भाडादर असार १ गतेबाट लागू हुने विभागले जनाएको छ ।
यस्तो छ नयाँ भाडादर ।