विराटनगर एयरपोर्टमा ल्याण्ड गरेको विमानमा अचानक आगो लागेपछि........

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 02:28:51 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट म्याउण्टेन फ्लाइट गर्न उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि आपतकालिन अवतरण गर्नुपर्ने भयो । नजिकैको विराटनगर विमानस्थलमा इन्जिनमा खराबी आएको अरनिको एयरलाइन्सको ३०१ कल साइन जहाज अवतरण भयो । 

बिहान ८ बजे विमानस्थलमा चालक दलका सदस्यसहित ५४ जना बोकेको जहाज अवतरण भएको दुई मिनेट भित्रै जहाजमा आगो लाग्यो । भागदौड मच्चियो । 

आपतकालिन अवतरण गराउदा आइपर्न सक्ने समस्यालाई ख्याल गरेर विमानस्थलमा सोही अनुरुप तयारी पनि गरिएको थियो । आगलागी भएपछि आगो निभाउन दमकल र घाइतको उद्वार गर्न एम्बुलेन्स र उद्धारकर्मी घटनास्थलतर्फ लागे । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, रेडक्रसकर्मीको सहयोगमा आगो नियन्त्रणमा आयो । 

दुर्घटनामा चारजना यात्रुको मृत्यु भयो । मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगियो । २० जना गम्भीर घाइतेमध्ये ११ जनालाई नोबेल शिक्षण अस्पताल र ९ जनालाई हाम्रो अस्पतालमा भर्ना गरियो । 

यो वास्तविक घटना भने होईन । जहाज दुर्घटना भएका बेला हुनसक्ने जोखिम न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास हो । आपतकालिन अवस्थामा पर्न सक्ने यस्ता विपत्तिका बेला क्षति कम गर्न अपनाउन सकिने उपायका सम्बन्धमा जानकारी दिन यस्तो पूर्व अभ्यास गरिएको हो । 

यो पूर्व अभ्यास हेर्न प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी पनि विमानस्थल पुगेका थिए । विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले यस्तो अभ्यास प्रत्येक दुई वर्षमा गर्ने गरिएको जनाए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved