लोकसेवा विज्ञापनबारे गलत प्रचार, यस्तो छ सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 02:49:49 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगले खुल्ला गरेको विज्ञापनका सम्बन्धमा परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने नदिने बारे निर्णय टुंगो लगाउन सकेन । स्थानीय तहमा पदपूर्तिका लागि खुल्ला गरिएको विज्ञापन विरुद्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त आयोगको विज्ञापन सम्बन्धी परेका सबै रिटका फाइल एक साथ पेश गर्न आदेश दिएको हो । 

केही सञ्चार माध्यमले भने समावेशीताको आधारमा सर्वोच्चले आदेश दियो भन्दै समाचार प्रकाशित गरेका छन् । 

अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए । लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट पनि परेको छ । एउटा रिटमा संसदको राज्य व्यवस्था समितिले संवैधानिक अंगलाई विज्ञापन रद्द गर भनेर आदेश दिन नमिल्ने जिकिर गरिएको छ ।

लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको छ । आयोगले आवेदन दिने म्याद असार १७ सम्म थप गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved