सुन काण्डमा प्रधानन्याधिश राणाको बोल्ड निर्णय, ‘७ दिनभित्र स्पष्टिकरण चाहियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 04:51:34 PM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन तस्करी सम्बन्धी मुद्दामा मुछिएका न्यायाधीशलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको परिषद वैठकले उच्च अदालत विराटनगरका न्यायाधीशहरु थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहलाई स्पष्टिकरण पेश गर्न भनेको हो । 

परिषदले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, न्यायाधीशहरु सारङ्गा सुवेदी र जनक पाण्डेलाई पनि सचेत गराएको छ । विवादमा तानिएका न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र उमेशराज पौडेलको अवकास भएका कारण उजुरी तामेलीमा राख्ने निर्णय भएको छ ।

साढे ३३ किलो सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंकामा भएको छानविन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार र बुधबार न्याय परिषद वैठक बसेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved