भारतको तुलनामा नेपालमा अचाक्ली महँगी, पहाड र काठमाण्डौवासीलाई बढी सकस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 06:52:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा एक महिनामै महँगी अचाक्ली बढेको छ। एक महिनामा नेपालमा महँगी करिब २१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिबेदनमा उल्लेख छ। 

गत चैतमा ४.४ प्रतिशत रहेको मूल्य बृद्धि दर ०.९ प्रतिशतले बढेर बैशाखमा आउँदा ५.३ प्रतिशत पुगेको छ। एक महिनामा करिव १ प्रतिशत बिन्दु हाराहारीले मूल्य बृद्धि बढ्नु भनेको भारत र दक्षिण एसियाको तुलनामा अस्वभाविक हो। चैत र बैशाखको बृद्धि दरलाई तुलना गर्दा यो २० प्रतिशतको बृद्धि हो। भारतमा मुल्य वृद्धि ३.८ प्रतिशत रहेको छ, जबकी अघिल्लो बर्षको बैशाखमा नेपालको मुल्य वृद्धि ४.१ प्रतिशत हुँदा भारतको ५ प्रतिशत थियो।   

बैशाखसम्मको विवरणमा खाद्यान्नको मूल्य बृद्धि समेत उच्च देखिन्छ। गत चैतमा खाद्यान्नको मूल्य बृद्धि दर २.८ प्रतिशत हुँदा अहिले बैशाखमा यो बढेर ५.८ प्रतिशत पुगेको छ।

त्यस्तै काठमाण्डौ र पहाडमा समेत अचाक्ली महँगी बढेको छ। गत चैतमा काठमाण्डौमा मुल्य वृद्धि ४.७ प्रतिशत रहेकोमा एक महिनामा नै महंगी बढेर ६।०५ प्रतिशत पुगेको छ। त्यस्तै चैतमा पहाडमा मुल्य वृद्धि ४।८ प्रतिशत रहंदा बैशाखमा ५ प्रतिशत पुगेको छ। तराईमा शुन्य दशमलब ९ प्रतिशतले मुल्य वृद्धि बढेको छ। समग्रमा क्षेत्रगत रुपमा हेर्दा काठमाण्डौ र पहाडमा महंगी बढेको छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved