निर्मला हत्या काण्डः प्रहरीविरुद्ध नै यातनाको उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 12:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन डीएसपीसहित चार जना प्रहरीविरुद्ध जाहेरी परेको छ । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भीमदत्तनगर–१८ सालघारीका विशाल चौधरीले तत्कालीन डीएसपी कृष्णराज ओझासहित अन्य तीन जना प्रहरी विरुद्ध यातना कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका छन् ।

चौधरीले ओझासहित भीमदत्तनगर–१८ स्थित सालघारीको अस्थाई प्रहरी पोस्टका तत्कालीन प्रमुख असई रामसिंह धामी र जिल्ला प्रहरी कार्यालयबाट खटिएका अन्य दुई नाम र दर्जा थाहा नभएका प्रहरीविरुद्ध जाहेरी दिएका हुन ।

निर्मला हत्या प्रकरणमा काठमाडौँबाट पक्राउ परेका प्रदीप रावलको बयानपछि विशाल गत मंसिर १९ गते कञ्चपुरको सालघारीबाट पक्राउ परेका थिए । दुवैलाई छुट्टाछुट्टै बयानपछि संयुक्त बयानका लागि महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमै राखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितको टोलीले बयान लिएको थियो । 

                                 निर्मलाको हत्या प्रकरणका दोषी भनेर प्रचार गरिएका रावल र चौधरी

विशालले अनुसन्धानको क्रममा प्रहरीले आफूहरुलाई यातना दिएर अपराध कबुल गर्न लगाएको बताएका छन् । ‘अनुसन्धानको क्रममा धेरै यातना दिइयो, पेस्तोल देखाएर डर देखाइयो, आँखामा पट्टी बाँधेर कुटियो, त्यसैले यसको विरुद्ध प्रहरीविरुद्ध जाहेरी दिएको हुँ’ विशालले भने । 

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved