ओखलढुंगामा अटो दुर्घटना, ५ जना गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 12:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ओखलढुंगामा अटो दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् । रुम्जाटारबाट सदरमुकाम हिडेको को २ ह ४९०० नम्बरको टेम्पो ओखलढुंगा–रुम्जाटार सडकबाट करिब ५० मिटर तल खसेको छ । 

सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थी रुम्जाटार माविका विद्यार्थी दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख पुषपराज मल्लले जानकारी दिए ।

युवराज कट्वाल, खड्ग नारायण श्रेष्ठ, भरत राई, फुरि शेर्पा र चालक सानुराम दाहाल घाइते भएका हुन् । घाइते मध्ये खड्ग नारायण श्रेष्ठको अवस्था गम्भीर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved