प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 07:48:27 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदको संसदीय सुनुवाई समितिले सरकारबाट चार देशका लागि सिफारिस भएका राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ । समितिले प्रस्तावित राजदूतहरु बिरुद्ध उजुरी तथा सूचना माग गर्दै सूचना प्रकाशित गरेको छ ।

चार राजदूतहरुको नियुक्ति उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार तथा सबुत प्रमाणसहित असार १४ गते कार्यालय समयभित्र समितिमा उजुरी दिन सकिने जनाईएको छ । यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम, थर र वतन स्पष्ट रुपमा खुलाउनुपर्ने र चाहेमा सूचनादाताको नाम गोप्य राखिने पनि जनाइएको छ ।

सरकारले बंगलादेशका लागि वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई राजदूत पदमा सिफारिस गरेको छ ।

यस्तो छ सूचनाः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved