गाउँपालिका अध्यक्षले शिक्षक कुटेपछि सबै विद्यालय बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 08:35:26 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले एक विद्यालयका प्रधानाध्यापकलाई कुटेपछि गाउँपालिका भित्रका २६ वटा विद्यालय बन्द भएका छन् । सार्वजनिक कार्यक्रममा प्रअलाई कुटेको भन्दै गाउँपालिका भित्रका विद्यालयमा पठनपाठन बन्द भएको हो ।

अरुणदय माविका प्र.अ. सन्तोष पौडेलमाथि गाउँपालिकाका अध्यक्ष खड्काले हात हालेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले विरोध स्वरुप विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

गत बुधबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको विषयमा छलफल गर्न बोलाईएको बैठकमा अध्यक्ष खड्काले पौडेललाई आक्रमण गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टेक प्रसास घिमिरे र सचिव मणि बहादुर बस्नेतले विज्ञपित नै निकालेर अध्यक्ष खड्काले प्रशंग बाहिरको शिक्षक छनौटको कुरा उठाएर बैठकमा नै आक्रमण गरेको बताइएको छ । हातपात भोग्ने पौडेल नेपाल शिक्षक संगठन रामेछापका कोषाअध्यक्ष हुन् । 

तर गाउँपालिकाका अध्यक्ष खड्काले भने आफूले पौडेलमाथि हातपात नगरेको दाबी गरेका छन् । आफूले हातपात नगरेको दाबी गर्दै उनले भने,‘पौडेलले ममाथि औला ठड्याए, विद्यालय बन्द गर्ने भनेका रहेछन् जसले विद्यालय बन्द गर्छ उसलाई जागिरबाटै हटाईदिन्छु । विद्यालयमा राजनीति गर्ने र मलाई कुट्यो भन्दै हिड्ने सन्तोष पौडेललाई जागिरबाट हटाइदिन्छु ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved