युरोपेलीहरु नेपालमा लगानी गर्न ईच्छुक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 08:41:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले युरोपियन राष्ट्रहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताएकी छन् । नेपाल–जर्मन उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारण सभामा बोल्दै उनले युरोपेलिहरु नेपालको जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न  इच्छुक रहेको बताइन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा व्यवसायीहरु नेपालमा लगानी गर्न तयार रहेको पाइएको भन्दै उनले नेपालमा बनेको लगानीको वातावरणले उनीहरुलाई आर्कषित गरेको बताइन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जर्मनीबाट नेपालमा ९०० प्रकार सामान नेपालमा आयात हुने गरेको तर नेपालबाट १७० प्रकारका सामान मात्र जर्मन निर्यात हुँदै आएको बताए ।

नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएकोले नेपालका लागि व्यवसायिक शिक्षा र सीप मूलक तालिम आवश्यक रहेको कारण नेपालका उद्योग वाणिज्य संघहरुले त्यसतर्फ ध्यान दिनुपर्ने नेपालका लागि जर्मनीका राजदुत रोलाण्ड शेफेरले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved