पुर्वमन्त्री पौडेलको सम्झनामा अनेरास्ववियूद्वारा श्रद्धाञ्जली सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 09:47:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारूढ दल नेकपा निकट अनेरास्ववियूले आफ्ना पुर्व अध्यक्ष एवम् पुर्व शिक्षामन्त्री स्वर्गीय धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पुर्वमन्त्री पौडेलको गत जेठ ३१ गते चितवनको माडीमा स्थित आफ्नै निजी निवासमा हृदयघातका कारण निधन भएको थिय‍ो ।

राजधानीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले धनिराम पौडेलको निधनले पार्टी र कम्यसनिष्ट आन्दोलनलाई अतुलनीय क्षति पुगेको बताए । विद्यार्थी आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै भट्टराईले भने, ‘उहाँको  निधनले पार्टीले एउटा असाध्यै निष्ठावान्, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’ 

श्रद्धाञ्जली सभामा नेकपाका अर्का नेता लिलामणी पोखरेलले, ‘उहाँ एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ नेताको रुपमा विकास भइरहनुभएको थियोे’ भने । 

श्रद्धाञ्जली सभामा विद्यार्थी नेताले स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved