सह–सचिवको हस्ताक्षर किर्ते गरी ठग्न खोज्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 02:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयको नक्कली लेटर प्याड बनाएर १ अर्ब ८ करोड ७६ लाख ठगी गर्न खोज्ने एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापा छन् । 

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नक्कली हस्ताक्षर सहितको कागजात बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त कागजातमा ‘नेपाल सरकारको कारण लक्ष्मी अधिकारीको बुबाको मृत्यु भएको र क्षतिपूर्ति स्वरूप ९५ करोड दिने निर्णय भएको साथै थप ८ करोड ७६ लाख समेत दिनू’ भनी लेखिएको छ ।

प्रहरीले उनीहरुबाट विभिन्न बैंकका चेक, राहदानीहरु र नगद ४२ हजार २ सय १० रुपैयाँ समेत बरामद गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved