‘आइफा’ अवार्डका लागि भारतीय पक्षको ‘घातक’ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 09:13:49 AM मा प्रकाशित

laxmi  sunrise bank

ईन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)–२०१९ नेपालमा आयोजना गर्ने विषयमा अहिले बहस चुलिएको छ । भारतीय उक्त अवार्ड कार्यक्रम नेपालमा गर्न मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेपछि यसको चौतर्फी रुपमा आलोचना भईरहेको छ । नेपाल पर्यटन बोर्डलाई यसको सबै काम मिलाउन दिईएको छ । 

पर्यटन बोर्ड र सरकारले स्वयमले पनि आइफाको २० औँ संस्करण नेपालमा आयोजना गर्दा नेपालको अन्तराष्ट्रिय छविमा सकाराम्तम प्रभाव पर्ने र पर्यटकीय व्यवसाय बढ्ने दाबी गरेका छन् । तर कार्यक्रमका लागि भारतीय पक्षले पठाएको प्रस्ताव हेरेपछि संसदको अन्तराष्ट्रिय सम्बन्ध समतिमा हलचल मच्चिएको छ । 

यही प्रस्तावकै आधारमा समितिको मंगलबारको बैठकले आइफा अवार्ड कार्यक्रम रोक्न निर्देशन दिएको छ । भारतीय पक्षले पठाएको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच आउने भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । 

सत्तारुढ नेकपाका सांसद सुदन किरातीले भारतीय पक्षले पठाएको प्रस्ताव हेर्दा नेपाललाई भारतले आफ्नै प्रान्तको जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाए । उनले यसलाई भारतले नेपालमा सांस्कृतिक हमला गर्न खोजेको बताए । 

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले पैसा दिने कुरा हल्ला मात्रै भएको र पैसा नदिने बताएपनि भारतीय पक्षले पठाएको प्रस्तावमा ४ मिलियन अमेरिकी डलर (कर सहित) दिनुपर्ने उल्लेख छ । 

हेर्नुहोस् प्रस्तावः



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved