बाघको जुँगा उखेल्ने चौधरीलाई ५ लाख जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 10:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

बाघको जुँगा उखेल्ने एक जनालाई बर्दिया जिल्ला अदालतले पाँचलाख जरिवाना तिराएको छ । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर  निवासी सुन्दरलाल चौधरीलाई अदालतले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिराएको हो ।

उनलाई बाघ मारेको आरोपमा समेत पक्राउ गरिएको थियो तर मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले जुँगा उखेलेर घरमा लुकाएको आरोपमा जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले उक्त जरिवाना तिराएको हो । फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको जनाइएको छ । वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई रु पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved