टिमुरको विरुवा बेचेरै लखपती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 10:28:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सल्यानका किसानले टिमुरको विरुवाबाटै बार्षिक १५ देखि २० लाख आम्दानि गर्ने गरेका छन् ।  जिल्लामा उत्पादन भएका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने, निरोगी, स्वस्थ र गुणस्तरीय भएकाले माग बढेपछि आम्दानि बढेको हो । 

विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए । हामीले उत्पादन गर्ने विरुवाहरु गुणस्तरीय भएकैले ४० भन्दा बढी जिल्लाबाट तीन लाख विरुवाको माग आएको छ तर माग अनुसार विरुवा पाउन गाह्रो छ। उत्पादन गरेका टिमुरका विरुवाहरु सङ्खुवासभादेखि बैतडीसम्म बिक्रि हुदै आएको छ। उनले माग धेरै भएपनि मागअनुसारको आपूर्ति गर्न नसकिरहेका बताए । हाल उनिसँग एक लाख ५० हजार मात्रै विरुवा छ भने बजारको माग तीन लाख विरुवा रहेको बताए ।  

टिमुरका प्रति विरुवा ५० देखि ६० का दरले विक्री हुदैँ आएको छ । यसबाट  शर्माले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा टिमुरको विरुवा उत्पादन गरिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved