तरकारीको विषादी परीक्षण नगर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 10:36:19 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट आयात हुने तरकारी तथा फलफूलसहितका कृषिजन्य उत्पादनमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले उपभोक्ता विरोधी निर्णय भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनहिरुले सरकारी निर्णयले उपभोक्ता विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य हुने अवस्था आएको दाबीसहित निवेदन दर्ता गरेका छन् । रिटमा कृषिजन्य उत्पादनलाई विषादी परीक्षणपछि मात्र भित्रिने व्यवस्था गर्न अन्तरिम आदेश माग गरिएको छ ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले आफ्नै निर्णय उल्ट्याउँदै विषादी परीक्षण नगरी तरकारी तथा फलफूल भित्रिन दिने निर्णय गरेको थियो । अहिले यो निर्णयको चौतर्फी आलोचना भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved