राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, साउन १ गतेबाट लागु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 06:21:48 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका बजेटसम्बन्धी चार विधेयक प्रमाणीकरण गरेकी छिन् ।

उनले सोमबार विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६ र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारीले उक्त विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

यी सबै बजेट समबन्धि विधयेक हुन् । यस संगै अर्थमन्त्रीले गत जेठ १५ गते संसदमा पेश गरेको बजेट र बजेट आश्रित विधयेकहौर पारित भएका छन् । साउन १ गते यी पूर्ण रुपमा लागु हुने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved