उत्पत्तिको प्रमाण पत्र अब अनलाइनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 05:08:44 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्पत्तिको प्रमाण पत्र अब अनलाइनबाटै जारी हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा महासंघ सचिवालयमा यसको शुभारम्भ गरे । 

उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघ बीचको लामो अभ्यास पछि भदौ १ गतेदेखि ललितपुर उद्योग वाणिज्य संघबाट त्यसको शुरुवात गर्ने गरी आज त्यसको महासंघ सचिवालयमा एक विशेष समारोहका बीच सफ्ट लन्च गरिएको हो । नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको छ । 

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको समेत बचत हुन गई व्यवसाय लागतमा समेत कटौती हुन हुने विश्वास व्यत्तः गरे । 

महासंघकी अध्यक्ष राणाले अनलाइन प्रणालीबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र कानूनी रूपमा समेत मान्य हुने बताईन । जहांसुकै बसेर पनि उत्पत्तिको प्रमाणपत्रको विवरण भर्न तथा जारी गर्न सकिने, मन्त्रालयबाट समेत यसको अनुगमन गर्न र वस्तु निकासीको तथ्यांक सहज तरिकाबाट उपलव्ध हुने भएकाले यसको महत्व अझ बढ्ने उनको विश्वास छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved