लोकसेवाको परीक्षा विथोल्न खोज्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2019 | 09:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगको परीक्षा प्रभावित पार्न खोज्ने चार जना पक्राउ परेका छन् । खोटाङमा सदरमुकाम दिक्तेलमा सनिबार आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर परीक्षा प्रभावित पार्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम उनीहरुले गरेका कारण पक्राउ गरिएको जानकारी दिए । 

आदिवासी जनजाति महासङ्घले संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आज १ नम्बर प्रदेश बन्द आह्वान गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved