युवाको उमेर ५ वर्ष घटाईँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 10:40:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ । 

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले अन्तराष्ट्रिय अभ्यास अनुसार युवाको उमेर समूहमा पाँच वर्ष घटाउन लागिएको बताए । ‘कुनै पनि देशमा युवाको उमेर ३५ वर्षभन्दा माथि छैन’ ढुंगेलले भने । अहिले भने परिषद्को ऐनमा  युवाको उमेरको १६ देखि ४० वर्षलाई परिभाषित गरिएको छ । युवाको उमेर घटाउने प्रस्तावसहितको ऐन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको छ । 

परिषद्को ऐनमा युवाको उमेर ३५ वर्ष कायम गरे राष्ट्रिय युवा नीति र युथ भिजन–२०२५ मा पनि युवाको उमेर ३५ वर्षमा झारिनेछ । अहिले १६ देखि ४० वर्षसम्मलाई युवाको उमेर मान्दा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवाको रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved