बकर इदको दिन देशभर विदा नहुने, मुस्लिम आयोगका अध्यक्ष भन्छन, 'ब्याडलक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 04:37:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ र ५ सरकारले बकर इद (ईद ऊल जोहा) को अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश दिएका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।प्रदेश २ र ५ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने सार्वजनिक विदा नदिने भएको छ। 

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा नरहेकाले केन्द्र सरकारले बकर इद (ईद ऊल जोहा) को विदा घोषणा गर्न नसकेको बताएका छन। 'प्रधानमन्त्री ज्यु बाहिर रहनुभएकाले चाहँदा चाहँदै पनि केन्द्र सरकारले बकर इद (ईद ऊल जोहा) को विदा दिने निर्णय गर्न सकेन' मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बिजपाटीलाई भने, 'सरकारका अन्य निकाय तयार भएपनि बिदाको लागि मन्त्रिपरिषदले नै निर्णय गर्नुपर्ने भएकाले विदा हुन सकेन।' 

प्रधानमन्त्री ओली शुक्रबार नेपाल आउने कार्यक्रम रहेपनि सोमबारलाई सरेको छ। प्रधानमन्त्रीको अनुपस्तिथिमा निर्णय गर्न नमिलेकाले यस पटक बकर इदको सार्वजनिक विदा दिन नसकिएको अध्यक्ष अन्सारीले बताएका छन। 'कार्यबाहक प्रधानमन्त्री, मुख्य सचिब लगायतका सबै उच्च अधिकारी सकारात्मक भएपनि प्रधानमन्त्री ओलीको अनुपस्तिथिमा विदा दिने निर्णय हुन सकेन' उनले भने' 'यसलाई सरकारले नचाहेर भन्दा पनि 'ब्याड लक' भन्छु' उनले भने।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved