मन्त्री महासेठ भन्छन्,‘आर्थिक वृद्धिमा १७० देशलाई जित्यौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 03:49:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालआर्थिक वृद्धिमा नेपालले १७० देशलाई पछि पार्दै ‘टप’ पोजिशनमा पुगेको बताएका छन् । आर्थिक वृद्धिदर र विकास निर्माणको दृष्टिकोणले विकासिल देशहरुमध्ये नेपाल १७० देशभन्दा अघि रहेको दाबी गरे । 

‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं, अन्तराष्ट्रिय पत्रपत्रिकार हेरौं, विकासिल देशहरुले यो डेढ वर्षमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ’ उनले भने । नेपालले आगामी ३ वर्षभित्रै दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने मन्त्री महासेठको दाबी छ । 

‘असार २४ गतेसम्मको डेटा हेर्दा हामीले ९१५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु बनाएका छौं’ उनले भने,‘हामीले यो एक वर्षमा २४३ वटा पुल बनायौँ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved