पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करले भाँसिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान पुलमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पुलको दक्षिणतर्फको भाग डेढ मिटर भासिएको छ ।
पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । प्रहरीले ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।