कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । उनको शनिबार निधन भएको हो ।
२००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो ।