परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या पूर्व रबि लामिछाने लगायतको नाम लिएको भिडियो शंकास्पद रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त भिडियो विरोधाभाष रहेको बताएका छन् ।
‘भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ’ मन्त्री ज्ञवालीले भने । ‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले रबि जीलाई लगेको हो’ उनले थपे, ‘कानुन भन्दामाथि रबिजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुन अनुसार कार्बाही हुन्छ ।’