सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले भ्रष्टाचार बढेको नभई अख्तियार सक्रिय भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभामा मन्त्री बाँस्कोटाले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउदा धेरै भ्रष्टार भए जस्तो देखिएको बताएका हुन् ।
‘एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो’, उनले भने ।
एक अर्बसम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्नसक्ने भएकाले आफ्नो क्षमता अभिवृद्धि गरी काम गर्न सुझाव दिए । ‘आफू क्षमता वृद्धि गरेर आउनुस् कुनै अप्ठेरो छैन’, उनले भने, ‘बोलपत्र आफूलाई नपर्दा अदालत जाने काम पनि राम्रो होइन् ।’ पछिल्लो सार्वजनिक खरिद नियमावली अन्तिम नहुने उल्लेख गर्दै उनले व्यवसायीसँग छलफल गर्न सरकार तयार रहेको बताए ।