उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन फेरी 'सिस्टम डाउन'को शिकार भएका छन ।आइतबार आयोजित नेपाल बिद्युत प्राधिकरणको ३४ औ वार्षिकोत्सवमा मन्त्री पुनले सम्बोधन गर्दा २ पटक स्टेज तर्फको बत्ति गएको हो ।
मन्त्री पुनले बोल्दै गर्दा एक्कासी अगाडीको प्रोजेक्टर बन्द भएको थियो भने उनले बोल्दै गरेको माइकको बत्ति काटिएको थियो । केहि सेकेण्ड मै बिजुली सुचारु भए पनि १ मिनेट पनि नहुदै फेरी सोहि क्रम दोहोरीएको थियो ।
मन्त्री पुन भन्दा अगाडी राष्ट्रिय योजना आयोगका सदस्य केपी शर्माले सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दा पनि स्टेज तर्फको प्रोजेक्टर र अगाडीको माइकको लाइन बन्द भएको थियो । ओलीले भने माईक बन्द भएपनि आफ्नो सम्बोधन जारि गरेका थिए ।
यस अघि गत साउन २३ गते उर्जामन्त्रीले संसदमा सम्बोधन गर्दा बत्ति गएको थियो ।
हेर्नुस भिडियो :