संयुक्त बैठकमा काश्मीरको विषय एजेन्डा बन्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 10:38:20 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ]यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकको एजेन्डा जम्मु काश्मीरको विषय नहुने स्पष्ट पारेका छन। नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा उनले यस्तो बताएका हुन्।

“काश्मीरको विषय एजेन्डा बन्दैन, बन्ने विषय पनि होइन” उनले भने। नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु काश्मीरको विषयले त्यसमा समस्या नल्याउने पनि स्पष्ट पारे । दुई मुलुकबीच समस्या भए त्यसलाई शान्तिपूर्ण वार्ताबाट समाधान गर्न सकिने भन्दै उनले वार्ता नै एकमात्र समाधानको उपाय भएको बताए ।   

कांग्रेस नेता प्रदिप गिरिले संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा 'भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ' भन्ने भनाईलाई परराष्ट्रमन्त्रीले खण्डन गरेका छन् । “नेपालको स्वतन्त्रतालाई त्यो ढंगको कल्पना गरिन्छ भन्ने सोच्ने विषय होइन” उनले भने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved