रबी लामिछानेलाई अदालत पेश गरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 09:06:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनका प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत पेश गरिएको छ । लामिछानेसहत पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई बिहान १० बजे अदालत पेश गरिएको हो । 

अदालतले दिएको पाँच दिनको अनुसन्धान म्याद र बयान सकिएपछि आरोपितहरुलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए ।  

चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसार अदालतले प्रक्रिया अघि बढाउने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved