संसदीय समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै विज्ञापन विधेयक पारित गरेको छ । संसदको विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकले राष्ट्रिय सभाले पारित गरेको ब्यबस्थालाई संशोधन गर्दै तत्कालै लागु हुने गरि विधयेक पारित गरेको हो ।
राष्ट्रिय सभाले विधयेक पारित गर्दा मिति तोकेर प्रकशित भएपछि मात्र विधयेक लागु हुने ब्यबस्था राखेर विधयेक पारित गरेको थियो। समितिले त्यसलाई संशोधन गरी तत्काल नै लागु हुने ब्यबस्था गरेको हो ।
तर ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय दिइएको छ । अर्थात ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले क्लिन फिड लागु गर्न एक बर्षको समय पाउने छन । नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्दा विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुने भएको हो ।
व्यवसायीले भने क्लिनफिडको विरोध गर्दै आएका छन् ।