७५ टिम सहभागी हुने अन्तरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको तयारी पूरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 06:48:41 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १० गते राजधानीमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौँले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा लोकनृत्य प्रतियोगीता आयोजना गर्न लागेको हो ।

नेशनल प्याब्सन काठमाडौँले हरेक बर्ष महिलाको विशेष चाड तीजको अवसर पारेर गर्दै आएको प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिएको हो । प्रतियोगिताको तयारी बारे संवाद चौतारीमा पत्रकार सम्मलेन गरी आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । 

प्रतियोगितामा ७५ टिमको सहभागि हुने छन् । प्रतियोगिका विजेता प्रथम, द्धितीय र तृतीयलाई क्रमशः नगद १५ हजार , १० हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्ने पक्का भएको आयोजकले जनाएको छ ।

प्रतियोगी एउटा टिममा कम्तीमा ८ र बढिमा २४ जना हुनुपर्नेछ । कार्यक्रम संयोजक गेन्द्र लामाका अनुसार विद्यार्थीहरुलाई मौलिकताको जानकारी दिन र भाषा, संस्कृति, र परम्पराको सम्मान गर्न सिकाउने उदेश्यले प्रतियोगीता आयोजना गर्न लागिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved