पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा सम्पर्क अधिकृतमा रुपमा खटिएका तर काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण सोधेको छ । सम्बन्धित जिम्मेवारमिा नगएका कर्मचारीमाथि कारवाही सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले भदौ १ गते विभागलाई दिएको निर्देशन अनुसार विभागले स्पष्टिकरण सोधेको हो ।
१५ दिनभित्र तोकिएको स्थानमा जान नसक्नुको कारण सहित स्पष्टीकरण बुझाउन विभागले भनेको छ । विभागकी निर्देशक मीरा आचार्यका अनुसार वसन्त ऋतुमा ३७ जना सम्पर्क अधिकृतलाई सगरमाथामा खटाइएको थियो । तर उनीहमध्ये २२ जना मात्र सम्पर्क अधिकृतका रुपमा सगरमाथामा पुगेका थिए ।
१५ जनाले भने तोकिएको स्थानमा नपुगि भत्ता बुझेका छन् ।