रवी लामिछानेलाई के के गर्न प्रतिबन्ध ? हेर्नुस १३ पेजको आदेशको पूर्णपाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 08:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई धरौटीमा रिहाभएका छन् । जिल्ला अदालत चितवनले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो  । न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले रवीलाई ५ लाख,  युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा आदेश दिएको हो । 

अदालतले आज बयान लिएर थुनछेक बहसपछि यस्तो आदेश दिएको हो । बहसमा सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

अदालतले  रवि लामिछानेलाई यसमुद्दा बारे सार्वजनिक रुपमा बोल्न रोक लगाएको छ। अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, परिवार लगायतका मुद्दासंग सम्बन्धित पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाएको हो। उनलाई अदालतको अनुमति विना विदेश जान पनि रोक लगाईएको छ । 

हेर्नुस फैसलाको पूर्ण पाठ : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved