रबि लामिछाने सहित तिनै जनाको पहिलो पेशी तोकियो, कहिले बोलायो अदालतले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 12:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

हिरासतबाट रिहा भएका टेलिभिजनकर्मी रवि लामिछाने सहित तिनै जनालाई चितवन जिल्ला अदालतले पहिलो पटक साक्षी तारेख तय गरेको छ।

सिधा कुरा जनतासंगको कार्यक्रमका पुर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका तिनै जनालाई चितवन जिल्ला अदालतले पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ।

उनीहरु भदौ ९ गते  धरौटीमा रिहाभएका हुन्। जिल्ला अदालत चितवनले रविलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले रवीलाई ५ लाख,  युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा आदेश दिएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved