नेपाल र भुटानबीच ८ वर्षपछि व्यापार वार्ता सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 11:38:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भुटानबीच वाणिज्य वार्ता बिहीबार काठमाडौंमा सुरु भएको छ । द्विपक्षीय व्यापार संवाद रोकिएको ८ वर्ष पछि वार्ता सुरु भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई देशबीचको व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने जनाएको छ ।

वार्तामा नेपाली टोलीको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् ।

छलफलमा नेपालले भुटानसँग गर्न सक्ने ब्यापारबारे वस्तु तोकेरै भुटानसँग सहुलियत र कर छुटबारे प्रस्ताव राख्ने तयारी गरेको छ । हाल नेपालबाट भुटानमा साबुन, चाउचाउ र चाउमिन मात्र निकासी हुने गरेको छ ।

नेपाल भुटान द्विपक्षीय पहिलो व्यापार वार्ता सन् २०१० मा काठमाडौमा भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved