सुडान घोटाला प्रकरणका दोषी ठेकेदार पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 08:49:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित सुडान घोटालाका फरार दोषी ठेकेदार पक्राउ परेका छन्। सर्वोच्चले दोषी ठहर गरेको ठेकदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको हो ।   उनलाई प्रहरीले शुक्रबार बिहान ललितपुरस्थित भैसेपाटीबाट पक्राउ गरेको हो।

 उनलाई आज शुक्रबार नै सर्वोच्च अदालतमा पेश गरिने भएको छ ।

अदालतले भारतीलाई  १४ करोड २० लाख आठ हजार रुपैयाँ जरिवाना, त्यति नै बिगो भराउन र एक बर्ष कैद सजाय फैसला गरेको थियो । भारती नेपालस्थित ठेकेदार प्रतिनिधि भारतीलाई एपीसी आपूर्तिमा निर्णायक भूमिकामा थिए ।

सर्वोच्चले सुडान घोटाला मुद्दामा तत्कालिन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved