'व्यवसाय गर्ने वा जागिर खानेले प्यान नलिई हुँदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 01:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी र व्यवसायीले प्यान र भेइकल ट्रयाकिंङ सिस्टमको विरोध गरिरहेको बेला अर्थमन्त्री डा.युवराज खतिवडाले प्यान नागरिकता जस्तै भएको बताएका छन् । उनले जागिर खानको लागि नागरिकता अनिवार्य भए जस्तै व्वयवसाय गर्ने वा जागिर खानेलाई प्यान अनिवार्य भएको बताएका हुन् ।

 ‘पहिला हाम्रा बुबा बाजेले पनि नागरिकता बनाउनु भएन। उहाँहरुलाई जागीर खान र व्यवसायनै गर्नु परेन, त्यही भएर नागरिकता लिनुभएन’ अर्थमन्त्रीले भने,’प्यान पनि त्यस्तै हो। व्यवसाय गर्नुहुन्न, जागिर खानुहुन्न भने ठीकै हो तर व्यवसाय गर्ने वा जागिर खानेले प्यान नलिई हुँदैन।’ अनौपचारिक प्रणालीबाट औपचारिक प्रणालीमा जान प्यान अनिवार्य भएको उनको भनाई छ । 

उनले अहिले वितरण प्रक्रियामा रहेको राष्ट्रिय परिचय पत्रमा नै प्यान नम्बर उल्लेख हुने समेत बताए  । आफु अर्थमन्त्री भएर आउँदा प्यान लिनेको संख्या १८-१९ लाख रहेकोमा अहिले त्यो संख्या बढेर २३ लाख पुगेको उनले बताए  ।  साउनमा मात्र ३ लाख  बढीले प्यान लिएको उनको भनाई छ ।

यस्तै भेइकल ट्रयाकीङ सिस्टमा पनि विस्तारै कार्यन्वयन भइसेको र अधिकांश ब्यपारी उक्त प्रणलीमा आइसकेको उनले बताए।   यसमा दोहोरो झन्झट नरहेको र भन्सारबाट नै उक्त कार्य भइरहेको भन्तदै उनले सुरुमा कार्यन्वयन गर्दा नबुझेर केही अन्योलता आएको प्रष्ट पारे । 

यस्तै सम्पुर्ण क्षेत्र पारदर्शी बन्दै गएको अवस्थामा ढुवानी ब्यावसायिलाई पनि पारदर्शी बनाउन  भ्याट लगाएको बताए ।उनले भने 'अन्य सम्पुर्ण ब्यवसाय करको दायरमा छ । कुनै निकायको नियमनमा छ, भने ढुवानी ब्यावसायिलाई पनि हुनुपर्छ ' । उपभोक्ताबाट गुनासो आएमा यसमा पुनरावलोकन गर्न सकिने भन्दै उनले भने 'यदि ढुवानी व्यावसायमा लगाएको भ्याटले हामी मारमा पर्यो हामीलाई जिवनयापनमा प्रभाव पर्यो भनेर उपभोक्तबाट गुनासो आउँछ भने त्यसमा साचौला होइन भने ढुवानी व्यावसाय पनि पारदर्शी हुनुपर्छ ।' 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved