गृहमन्त्रालयले सुर्खेतमा भएको सामूहिक गौहत्या प्रकरणबारे छानबिन गर्न समिति बनाएको छ । गृहले विज्ञप्ति जारी गरी उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएको हो ।
समितिलाई छानबिन गरि प्रतिवेदन बुझाउन १५ दिनको समय दिईएको छ ।
ममृतक गाईको शव व्यवस्थापनको जिम्मा वीरेन्द्र नगर नगरपालिकालाई दिइएको छ । बुधबार राति वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा भिरबाट खसालेर २४ गाई गोरुको हत्या गरिएको थियो ।
नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर ३७० वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकले लिएर हिडेका थिए । तर त्यरी लगिएका गाई गोरु बाटो बाटोमा फाल्दै लगिएको पाईएको छ ।
वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये १४४ वटा गाई नेपालगञ्ज फिर्ता पठाइएको छ ।
यसअघिः