संयुक्त विद्यार्थी संगठनहरुले नियमविपरित चर्को शुल्क असुल्ने शैक्षिक संस्थामा तालाबन्दी गरेको छ । चर्को शुल्कको बिरोधमा मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शन गरेको संगठनले बुधबार विद्यालयमा तालाबन्दी गरेको हो । प्रमुख तीन विद्यार्थी संगठनको संयुक्त टोलीले २४ विद्यालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
उनले तालाबन्दीले शैक्षिक कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने बताए ।
हेर्नुस कुन कुन बिद्यालयमा तालाबन्दी ?
१) रातो बङ्गला
२) नाटिङ्गेल
३) रेडियन्ट
४)व्हाइटफिल्ड,
५)स्वर्णिम,
६)DAV
७) माउन्ट ग्ल्वरी,
८) v s निकेतन
९)गितान्जली
१०)रेड्न
११)NAMS
१२)फ्लोरिसेन्ट
१३)अपि
१४) ज्ञान निकेतन
१५)काठमाडौ बिद्याकुन्ज,
१६)काव्य
१७)पुस्प सदन
१८) बिभुती
१९) कन्चनजङ्घा
२०)प्यारागन
२१) सस्कृती
२२)एक्सल
२३)दिब्यज्ञान ,
२४)kcv
२५) डल्लु आबशिय बिद्यालय डल्लु
२६) काठमाडौ भ्याली स्कुल
२७) ट्रीनिटि