एजेन्सी । युएस ओपन टेनिसमा अमेरिकी स्लोअन स्टीफन्सले नया किर्तिमान कायम गरेकी छन । ८३ औं बरियताकी स्टीफन्सले अमेरिकाकै म्याडिसन किजलाई हराउदै युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि जितेकी छन् । स्टीफन्सले १५ औं बरियताकी किजलाई ६–३ र ६–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । २४ वर्षिया स्टीफन्स युएस ओपनको नयाँ विजेता बनेकी छन् ।