आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उद्घाटन खेलमा नेपालले नामिबियाँ बिरुद्द रोमान्चक जित हात पारेको छ। नेपालका बलरको उत्कृष्ट प्रदशनका कारण विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले विजयी शुरुवात गरेको छ।
नेपालले नामिबियालाई १ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको हो। नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि बशन्त रेग्मीले नेपाली इनिङको एकमात्र छक्का प्रहार गरे । ५० औ ओभरको पहिलो बलमा २ रन लिएका बशन्तले दोश्रो बलमा चौका हान्दै स्कोर बराबरीमा पुर्याए । अर्को नामिबियाका बलर जान फ्राइलिङले वाइड बल फालेपछि नेपाल ४ बल बाँकी हुँदै १ विकेटले विजयी भएको हो।पानी लगातार परेर केहीबेर खेल रोकिएपछि डक वर्थ लुइस नियम अनुसार भएको खेलमा नेपाल बिजयी भएको हो।
नेपालको जितमा शरद भेषावकरले सर्वाधिक २९ रन बनाए । उनले ६७ बल खेलेका शरदले ३ चौका सहित २९ रन बनाए । त्यस्तै कप्तान पारस खड्का १९, रोहितकुमार पौडेलले १७, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ६ र करण केसी ३ रन बनाए । आरिफ शेख र दिलिप नाथले भने रनको खातै खोल्न सकेनन् । दोश्रो ओभरमै दिलिप नाथ आउट भएपछि नेपाली टोली दबाबमा परेको थियो । टस हारे पहिले ब्याटिंग गरेको नामिबियाँले नेपाललाई १३९ रनको बिजयी लक्ष्य दिएको थियो।
नामिनियाँले ३४.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र जोड्यो । नामिनियाँलाई सस्तैमा समेट्न नेपालका लागि सन्दिप लामिछानेले सर्बाधिक ४ विकेट लिए । उनले ८.२ ओभरमा केवल १८ रन खर्चिएर ४ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामिले ३ तथा बसन्त रेग्मी, पारस खड्का, र शरद भेषवाकरले समान १-१ विकेट लिए।
प्रतियोगितामा आज युएइ र क्यानडा विजयी भएका छन् । नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शिर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन् ।
लु हेर्नुस भिडियो केटाहरुले जितेको ।।।pic.twitter.com/3AIeupiee4— सोझो चोर™