विश्वकप छनौट चरणको पहिलो खेलमा नेपाल जिम्बाबेसंग पराजित भएको छ। जिम्बाबेले दिएको लक्ष्य नेपालले पुरै ओभर खेल्दा समेत पुरा गर्न नसक्दा ११६ रनले पराजित भएको हो।
जिम्बाबेले दिएको ३८१ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभरमा समेत भेट्टाउन सकेन। निर्धारित ५० ओभर खेल्दा नेपालले ८ विकेटको क्षतिमा मात्र २६४ रन मात्र जोड्न सक्यो। नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ५२ रन जोड्दा आरिफ शेखले ५०, पारस खड्का ४०, ज्ञानेन्द्र मल्ल ३२ र दिनेश ऐरेले २३ रन जोडे।
टस जितेर पहिले ब्याटिंग गरेको जिम्बाबेले आक्रमक प्रदर्शन गर्दै नेपाललाई ३८१ रनको बिशाल लक्ष्य दिएको थियो। जिम्बाबेले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३८० रन जोडेको हो । जिम्बाबेका सिकन्दर राजा र ब्रेण्डन टेलरले शतक प्रहार गरे । सिकन्दरले ६६ बलमा १२३ तथा टेलरले ९१ बलमा १०० रन जोडे । त्यस्तै त्यस्तै सोलोमन मिरेले अर्धशतकीय पारी खेल्दै ५१ रन जोडे ।
बलियो टेस्ट राष्ट्र सामु नेपालको बलिंगको जादु चलेन। नेपालको लागि सन्दिप लामिछानेले १, सोमपाल कामीले २, बसन्त रेग्मीले २ तथा ललित राजबंशीले १ विकेट लिए ।
अनुभवी जिम्बाबेसंग नेपालका बलरहरुले धेरै रन खर्चिनु नै हारको प्रमुख कारण बन्यो। विश्वकप छनौट चरणको पहिलो खेलमा पराजित भएको नेपालले अब अर्को खेल बिहिबार स्कटल्याण्डसंग खेल्नेछ।