एभरेस्ट प्रिमियर लिगमा कलर्स एक्स फ्याक्टरमा तेस्रो जित हात पारेको छ । आज भएको खेलमा सुपर ओभरमा कलर्सले जगदम्बा राइनोसलाई पराजित गरेको हो ।
टस जितेर ब्याटिंग गरेको कलर्स एक्स फ्याक्टरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोड्यो । कलर्सका लागि ज्ञानेन्द्र मल्ल र राजेश पुलामी मगरले समान २९ रन जोडे भने योगेन्द्र सिंह कार्कीले १६ तथा सिद्दान्त लोहनीले १९ रन जोडे । यो बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
कलर्सलाई सस्तैमा समेट्न सोमपाल कामीले तथा निजामुदिन हलवाईले समान ३-३ तथा शक्ति गौचनले २ विकेट लिए ।
११३ रनको विजय लक्ष्य सहित मैदान उत्रेको जगदम्बा राइनोसले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन नै जोड्न सक्यो । जगदम्बाका लागि महेश क्षेत्रीले सर्बाधिक २२ , सोमपाल कामीले १९, अमित श्रेष्ठले १५, शक्ति गौचनले १४ तथा पवन शरफले १९ रन जोडे ।
संगम रेग्मीले ४ तथा योगेन्द्र सिंह कार्कीले २ विकेट लिए ।
खेल बराबरी भए पछि सुपर ओभर भयो ।
सुपर ओभर
जगदम्बा राइनोसको लागि सुपर ओभरमा सोमपाल कामी र सौरभ खनाल ब्याटिंगमा आएका थिए । पहिलो बलमा सोमपालले २ रन लिए । बलिंगमा आएका अविनाश कर्णले दोस्रो बल वाइड फ्याके त्यसपछि अर्को बलमा सोमपालले छक्का प्रहार गरे । तेस्रो बल डट भयो भने चौथो बलमा सोमपाल कामी आउट भए । चौथो बलमा सौरभ खनालले १ रन लिए भने अन्तिम बलमा पवन शरफ आउट भए ।
कलर्सले सुपर ओभरमा ११ रनको लक्ष्य पाएको थियो ।
कलर्सका लागि ब्याटिंग गर्न सिद्दान्त लोहनी र ज्ञानेन्द्र मल्ल आएका थिए भने सोमपाल कामीले बलिंग गरे । सिद्दान्तले पहिलो बल मै छक्का प्रहार गरे भने दोस्रो बलमा १ रन लिए । तेस्रो बलमा मल्लले २ रन लिए । चौथो बल डट भयो भने पाचौ बलमा मल्लले २ रन लिदै जित सुनिश्चित गरे ।
जित संगै कलर्सको ६ अंक भएको छ र फाइनलको सम्भावना कायमै राखेको छ भने जगदम्बा बाहिरिएको छ ।
फाइनल प्रवेशको लागि कलर्स, बिशाल वोरियार्स, र पन्चकन्या तेजबिच प्रतिस्पर्धा हुने छ । यी तिन मध्ये २ टिम फाइनल पुग्ने छन् ।